माओवादी केन्द्रले तोक्यो काभ्रेका १३ स्थानीय तहमा पालिका इन्चार्ज

काभ्रे : जिल्लाको १३ वटा स्थानीय तहमा माओवादी केन्द्रको पालिका इन्चार्ज तोकिएको छ । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीले सचिवलय बैठकले काभ्रेका १३ वटा स्थानीय तहका लागि पालिका इञ्चार्ज तोकेको हो ।

बैठकले बनेपा नगरपालिकामा गोपाल घिमिरे, धुलिखेल नगरपालिकामा यादव ढुंगेल (जमिन),पनौती नगरपालिकामा होमबहादुर खुलाल, नमोबुद्ध नगरपालिकामा टासी लामा, मण्डनदेउपुर नगरपालिकामा ध्रुव काफ्लेलाई इन्चार्जको जिम्मेवारी तोकेको छ ।

रोशी गाउँपालिकामा तिलकबहादुर तामाङ (नवीन), भुम्लु गाउँपालिकामा जनक भण्डारी, तेमाल गाउँपालिकाकामा दलमान थोकर (डिएम), बेथानचोक गाउँपालिकामा मर्दन सिं तामाङ (पेमा), चौरीदेउराली गाउँपालिकामा विष्णु गौतम (अडिग),खानीखोलामा मिना पाख्रिन (अनु) र महाभारत गाउँपालिकामा सुजन लामालाई इन्चार्ज तोकिएको छ । पाँचखाल नगरपालिकामा भने जिल्ला कार्यालयले हेर्ने बैठकले निर्णय गरेको छ ।

त्यस्तै काभ्रेबाट दिनानाथ गौतम (प्रयाय), गंगा बहादुर तामाङ (बमध्वज), मिम बहादुर वाईबा (ज्वाला), दैवलाल घिसिङ (अनुशील), भोलाप्रसाद अर्याल र रेणुका चौलागाईंलाई बागमती प्रदेश कमिटीको सचिवालय सदस्यमा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस