फागुण १५ गतेसम्मका लागि संसद बैठक स्थगित
शुक्रबार, फाल्गुण १३, २०७८ | १२:४४:१३
काठमाडौं : प्रतिनिधिसभा (संसद) बैठक स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि फागुण १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो । बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।