
काठमाडौँ : नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’ आजबाट देशभर प्रदर्शनमा आएको छ । कोरोना महामारीका कारण पटक पटक रिलिज मिति सर्दै आएको सिनेमा हलमा दर्शक फर्काउने अपेक्षा सहित आजबाट प्रदर्शनमा आएको हो ।
सुदर्शन थापा निर्देशित फिल्ममा हाल विवादमा रहेका नायक पल शाहको अभिनय रहेको छ । यस्तै पूजा शर्मा, हरिहर अधिकारी, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतको समेत फिल्ममा मुख्य भूमिका छ । फिल्म अर्जुन पोखरेलको संगीत छ ।