
काभ्रे : संघिय सरकारले आगामी बैशाख ३० गते स्थानीय निर्वाचन घोषणा गरेपछी बनेपा नगरपालिकाको नौटंकी सुरु भएको छ । सडकपेटी बेचेर रमाउन पल्केकाहरुका लागि नगरको यो अभियान दर्शनढुंगा साबित भएको छ ।
४ वर्ष बितिसक्दा पनि अर्धनिन्दामा रहेको बनेपा नगरले चुनाव आयो भने पछी बजार आफुलाई देखाउन थालेको छ । बिगतमा कहिले नदेखेको फुटपात यतिबेला देख्न थालेका छन् । यति मात्र हैन निदाएर बसेको नगर भन्दा पनि फरक पर्दैन बनेपा नगरपालिका ।
समग्र पालिकाहरुको बिकासलाई हेर्ने हो भएन बनेपा नगरपालिकालाई अन्तिम सूचांकमा राख्दा पनि फरक नपर्ने उसका गतिविधिले प्रष्टाएको सरकार वालाको दाबी छ । विकासका नाउँमा भएको अनियमितता बारेमा नगरबासीहरु मात्र होइन जनप्रतिनिधी समेत सन्तुष्ट छैनन् भन्छन जनप्रतिनिधी गंगाराम घिमिरे । यसको प्रत्क्षय वा अप्रत्क्षय निर्वाचन मुखी योजनाहरुको बारेमा मतदाताहरु जागरूप रहेको समेत घिमिरेको दाबी छ ।