काभ्रे : जिल्लाको धुलिखेल नगरपालिका वडा नं १२ स्थित शंखुमा ‘एक घर एक धारा’ कार्यक्रमको उद्घाटन गरिएको छ । धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु (श्रेष्ठ)ले ‘एक घर एक धारा’ कार्यक्रमको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रमको उद्घाटन आज शनिबार गरिएको हो ।
‘एक घर एक धारा’ कार्यक्रमबाट धुलिखेल नगरपालिका वडा नं १२ स्थित शंखुका ३ सय घरधुरी लाभान्वित हुने भएका छन् । घरघरमा खानेपानी वितरण हुने भएपछि स्थानीय खुशी भएका छन् ।
त्यस्तै उक्त वडाकै इट्टे – पाटीचौर कालो पत्र सडकको पनि आजै उद्घाटन गरिएको छ । धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु (श्रेष्ठ)ले इट्टे – पाटीचौर कालो पत्र सडकको उद्घाटन गरेका हुन् ।



















