१३ हजार बढीले लिए नागरिक एपबाटै पुलिस रिपोर्ट

काठमाडौं : नागरिक एपबाटै १३ हजार बढीले पुलिस रिपोर्ट लिएका छन् । नागरिक एपबाट १३ हजार ७३९ जनाले पुलिस रिपोर्ट अर्थात प्रहरी चारित्रिक प्रमाणपत्र लिएका छन् ।

उनीहरूले एपबाटै अप्लाई गरी पुलिस रिपोर्ट डाउनलोड गरेको नागरिक एपले जनाएको छ । नागरिक एपबाट पुलिस रिपोर्ट लिन शुरूमा नागरिक एपमा खाता बनाउनु पर्ने हुन्छ ।

आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बर राखेर तथा नागरिकता, राहदानी वा मतदाता परिचयपत्र मध्ये कुनै एक विकल्प छनौट गरेर र त्यसको विवरण भनेर नागरिक एपमा खाता खोल्न सकिने छ ।

अब नागरिक एप खोल्नुहोस् र पुलिस क्लियरेन्स रिपोर्ट लेखेको अप्सनमा थिच्नुहोस् । याद राख्नुहोस् नागरिक एपमा आफ्नो नागरिकता लिंक गरिएको हुनुपर्छ । त्यस्तै भिसाका लागि पुलिस रिपोर्ट बनाउँदै हुनुहुन्छ पासपोर्ट पनि लिंक गरिएको हुनुपर्नेछ ।

उक्त अप्सनमा थिचेपछि रिक्वेष्ट रिपोर्टमा क्लिक गर्नुहोस् । अनि त्यहाँ तपाईको केही विवरण आफै भरिने छ भने नभरिएको बाँकी विवरण आफुले भर्नुहोस् र प्रोसिडमा क्लिक गर्नुहोस् ।

यसपछि तपाईको विवरण पेश हुनेछ र भेरिफाइड भएपछि नागरिक एपबाटै पुलिस रिपोर्ट डाउनलोड गर्न सकिने छ । एन्ड्रोइड फोनका लागि नागरिक एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आइफोनका लागि नागरिक एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस