काभ्रेमा गोकुललाई जमानत जोगाउन मेटमणिको चेतावनी

काभ्रे : आगामी निर्वाचनमा गोकुल बाँस्कोटालाई काभ्रेबाट जमानत जोगाउन नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले चेतावनी दिएका छन । शनिबार काभ्रेको मण्डनदेउपुर नगरपालिकामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले ७० करोड भष्टाचार काण्डमा मुछिएका पूर्वमन्त्री गोकुल बाँस्कोटाले काभ्रेबाट आफ्नो जमानत समेत जोगाउन नसक्ने ठोकुवा गरे ।

एउटा बाहालवाला मन्त्रीको झण्डा हल्लाउँदै हिड्दा देश र जनताको काम गर्नुपर्नेले ७० करोडको भष्टाचार गर्नका लागि वार्गेनिङ गरेर सत्तावाट बाहिरिने मान्छेलाई निर्वाचनमा काभ्रेका जनताले के भोट देलान् र ! उनले प्रश्न गरे । काभ्रेका जनताले बाँस्कोटालाई तेस्रो स्थानमा पुर्‍याउने उनले दावी गरे ।

हिजो नेकपा एमालेको लोगोले देशका २ ठुला कम्युनिस्ट पार्टीहरु मिल्दा यहाँका जनताले विजयी गराएर फुलको मालाले बधाई दिएका जनताको मतलाई कुल्चेर भष्टाचार गर्ने गोकुलका निर्वाचन जित्ने सपना चकनाचुर भएको नेता चौधरीको भनाइ रहेको छ । उनले विभिन्न शर्तसहित केपी वली कम्पनी एमसीसी पास गर्ने तयारीमा रहेको चौधरीले बताए ।

माधव नेपाल सहित १४ सासंदको पद नभएको सूचना सार्वजनिक गर्नुपर्ने, सभामुखलाई महाअभियोग लगाएर गठवन्धन विघटन गर्ने जस्ता विभिन्न शर्तहरुसहित काङ्ग्रेसलाई एमसिसि पास गर्न सहयोग गर्ने वली कम्पनी तयार रहेको नेता चौधरीको भनाइ रहेको छ । प्रतिनिधि सभा सदस्य समेत रहेका समाजवादीका नेता चौधरीले केपी वली कम्पनीले प्रतिनिधि सभा निर्वाचनमा मत माग्ने अधिकार समेत नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस