काभ्रेको आशापुरीमा पहिरोमा पुरिएर ट्रिपर चालकको मृत्यु

काभ्रे : जिल्लाको बनेपा नगरपालिका वडा नं १४ आशापुरी स्थित आशापुरीरोडा ढुंगा सप्लायर्समा आइतबार पहिरोमा पुरिएर एक जनाको ट्रिपर चालकको मृत्यु भएको छ ।

ढुंगा लोड गर्ने क्रममा माथिबाट सुख्खा पहिरो खस्दा रामेछापको दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर ४ घर भई हाल भक्तपुर ठिमि बस्ने प्रदेश ३ – ०२-००३ क ५७४८ नम्बरको टिपर चालक आन्दाजी ३०/३२ वर्षीय श्याम मगर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार उद्धारका लागि खटिएको प्रहरी तथा सेनाको टोलीले मगरलाई पुरिएको अवस्थामा फेला पारेको हो ।

पहिरोले २ स्काईभेटर, ३ टिपर, १ निशान गाडी पुरेको थियो । घाईते हुनेमा काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १४ आशापुरीका २९ वर्षीय सिन्दमन तामाङ रहेका छन् । स्काईभेटर चालक तामाङको छाति र टाउकोमा चोट, अवस्था मध्यम रहेको छ ।

त्यस्तै खोटाङको खोटाङ गाउँपालिका वडा नम्बर २ भई हाल बनेपा नगरपालिका वडा नम्बर १४ आशापुरीका २२ वर्षीय रमेश सार्को रहेका छन् । स्काईभेटरका सह(चालक टाउको र खुट्टामा चोट लागेको छ । दुवै घाईतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस