बनेपाको पुलबजारमा शंकास्पद वस्तु फेला, डिस्पोजको तयारी

काभ्रे : बनेपा पुलबजारमा शंकास्पद  वस्तु फेला परेको छ । उक्त वस्तुलाई नेपाली सेनाका विष्णुदल गणको टोलीले डिस्पोजको तयारी गरीरहेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक राजन कोइरालाका अनुसार सोमबार बिहान बनेपा नगरपालिका वडा नं. १० पुलबजार स्थित अरनिको राजमार्गमा शंकास्पद वस्तु फेला परेको हो । राजमार्गको बीचमा ‘नो एमसिसि’ खतरा लेखिएको वस्तु फेला परेको कोइरालाले जानकारी दिए ।

उक्त डिस्पोज गर्न धुलिखेल स्थित नेपाली सेना बिष्णुदल गणका प्राविधिक टोली खटिइरहेको कोइरालाले बताए । उक्त वस्तु होस्ट बम हो की बम नै हो भन्ने विषय डिस्पोजपछि मात्र थाहा हुने प्रहरी निरिक्षक कोइरालाले जानकारी दिए ।

अमेरिकी सहयोग एमसिसी संसदबाट पारित भएपछि ८ दलले आज नेपाल बन्दको घोषणा गरेको छ । सोही बन्दकर्ताहरूले जनमानसमा त्रास पैदा गरी बन्द सफल पार्नको लागि राखिएको हुन सक्ने अनुमान गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस