बनेपाको पुलबजारमा बम राख्ने दुई जना पक्राउ

काभ्रे : बनेपाको पुलबजारमा बम राख्ने दुई जना प्रहरीले पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महाभारत गाउँपालिका वडा नम्बर ६ का युगान्त लामा र बिबेश थिङ रहेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार उनिहरुलाई सीसी क्यामेराको सहायतामा पक्राउ गरिएको बताए । लामा र थिङलाई बनेपाबाट पक्राउ गरेको हो ।

एमसीसी मुर्दावाद लेखिएको पोका बीच सडकमै छ । धुलिखेल स्थित कालिजंग गण सह-सेनानी अजय परियारको टोलीले डिस्पोजको तयारी गरिरहेको छ । शकांस्पद बस्तु बम भएको अनुमान गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको पनि पुलबजार क्षेत्रमा बाग्लो उपस्थिति छ । एमसीसीको विरुद्धमा विभिन्न ८ राजनीतिक दलहरुले आज नेपाल बन्दको घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस