डीआईजी बिसीद्वारा जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण
सोमबार, फाल्गुण १६, २०७८ | १४:००:१०
संखुवासभा : एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अरुण कुमार बिसीले जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण गरेका छन् ।
आज बिहान निरीक्षण पश्चात कार्यक्रममा बोल्दै डीआईजी बिसीले आगामी दिनमा हुन गईरहेको स्थानीय निर्वाचन त्रुटि रहित सम्पन्न गराउनका लागी तयारी हुन र जिल्लाको शान्ति सुरक्षामा विशेष ध्यान दिनुका साथै प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्न र कानूनको परिधीमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।