‘द सिक्रेट अफ राधा’ भदौमा प्रर्दशन हुने

काठमाडौं : ‘द सिक्रेट अफ राधा’ आउँदो भदौ २४ गते प्रदर्शनमा आउने भएको छ । सुवर्ण थापाद्वारा निर्देशित ‘द सिक्रेट अफ राधा’ लाई निर्माण युनिटले शिवरात्रीको अवसर पारेर फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

पालुङ आसपासमा छायाङ्कन भएको फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, पुस्कर गुरुङलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

दयाहाङ राई र निश्चल बस्नेतको समेत विशेष भूमिका रहेको फिल्ममा निर्देशक थापा र अभिनेता सौगातले बनाएका हुन् । आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महाप्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस