१० किलो गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ
बुधबार, फाल्गुण १८, २०७८ | १२:२०:२९
सर्लाही : १० किलो गाँजासहित तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार सितामढी जिल्ला राजा प्रसोनी ग्राम पञ्चायत–१ बस्ने २३ वर्षीय साकिर, सोही ठाउँका वडा नम्बर ९ बस्ने ३५ वर्षीय नुर महमद राई र शिवहर ग्राम पञ्चायत सलिमपुर वडा-१३ बस्ने २० वर्षीय नसु आलम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मलगंवा नगरपालिका–८ मा चेकजाँचका क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको ना.२ ह १५६७ नम्बरको टेम्पोबाट १० किलो गाँजासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए । उनका अनुसार पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।