काठमाडौँ : नेपाली बजारमा आज बुधबार सुनको मूल्य एकैदिन १९ सय रुपैँयाले बढेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य बुधबार १९ सय रुपैँयाले बढेर ९९ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि बुधबार प्रतितोला ४० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १३३५ रुपैयाँ रहेकोमा चाँदी १३७५ रुपैयाँ पुगेको छ ।























