‘सहिद तथा बेपत्त पारिएका परिवारको अवस्था जहाँको त्यहीँ छ’ : मन्त्री ढकाल

काभ्रे : सहिद तथा बेपत्त पारिएका परिवारको अवस्था जहाँको त्यहीँ भएको बागतमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले बताएका छन् । जिल्लाको चौरीँदेउराली गाउँपालिका वडा नं ७ स्थित मादनकुँडारीमा आयोजित सहिद परिवारका सदस्यहरुलाई सम्मान तथा नवनिर्मित सहिद शालिकको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले उक्त कुरा बताएका हुन् ।

उनका अनुसार देशमा भएका राजनितिक परिर्वतनहरुले सहिद तथा बेपत्ता परिएका परिवार तथा सदस्यहरुलाई छुन सकेका छैनन् । ती परिवर्तनले उनीहरुलाई विकास र सम्बृद्धतर्फ डोहोर्‍याउन नसकेको उनले बताए । देशमा भएका अस्थायी राजनितिक परिर्वतनले उनीहरुको जिवन स्तर सुधार्न नसकेको मन्त्री ढकालको भनाइ थियो ।

‘देशमा पटक पटक राजनितिक परिर्वतनहरु भएका छन् । राजनितिक उपलब्धि हासिल गर्नको निम्ति सहिदहरुको ठूलो योगदान रहेको छ,’ मन्त्रि ढकालले भने, ‘देशको लागि बलिदान गर्ने महान सहिदको परिवारहरु, सहिद परिवारका आफन्तजनहरु र बेपत्ता परिवारका आफन्तजनहरुलाई चौैैंरीदेउरालीले गरेको सम्मान कार्यक्रमले सहिद भएका तथा बेपत्ता भएकाहरुको पनि स्मरण गराएको छ ।’

सहिदहरुप्रति श्रद्धान्जली व्यक्त गर्न गाउँपालिकाले ऐतिहासिक काम गरेकोमा मन्त्रि ढकालले धन्यवाद व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस