ग्याल्पो ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं : ग्याल्पो ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने गृह मन्त्रालयले निर्णय गरेको छ । गृह मन्त्रालयले शेर्पा समूदायको महान पर्व ग्याल्पो ल्होसारको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले जानकारी दिए । सरकारले सबै खाले ल्होसारमा बिदा दिँदै आएको छ । ​ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको पनि एक प्रमुख चाड हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस