आज ग्याल्पो ल्होछार मनाइदैँ

काठमाडौँ : आज ग्याल्पो ल्होछार निष्ठापूर्वक धार्मिक पूजाआजा गरी मनाइँदै छ । तिब्बती बौद्ध धर्म अवलम्बन गर्ने शेर्पा समुदायमा यो पर्व मनाउने गरिन्छ । तिब्बती पात्रो अनुसार नयाँ वर्ष सुरु भएको अवसरमा ल्होछार मनाउने गरिन्छ ।

नेपालमा तमु ल्होछार, तोला ल्होछार, सोनाम लहोछार ग्याल्पो ल्होछार गरी विभिन्न समुदायले ल्होछार मनाउने गर्दछन् । यस पर्वमा बिहान सबैरै उठी नुहाई धुवाई गरेर परम्परागत वस्त्र लगाई बौद्ध गुम्बामा पूजाआजा गर्ने गरिन्छ । पूजा प्रार्थना सकेपछि घरघरमा इस्टमित्रलाई बोलाई प्रसादका रुपमा जातीय परिकार खुवाई आदर सत्कार गर्ने गरिन्छ ।

यस पर्वका अवसरमा आपसमा शुभकामना व्यक्त गर्नुका साथै खुशियालीमा स्याब्रु नृत्य लगाएतका नाचगान पनि गर्ने गरिन्छ । ग्याल्पो ल्होछारको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस