बाँस्कोटा टुलु टुलु हेरेर बस्दा, लम्सालको पहलमा पाँचखालमा ५० करोडको सहरी विकास आयोजना

काभ्रे : पूर्वमन्त्री गोकुल बाँस्कोटा टुलुटुलु हरेर बस्दा सांसद लक्ष्मण लम्सालको पहलमा काभ्रको पाँचखालमा ५० करोडको सहरी विकास आयोजना सञ्चालन हुने भएको छ।

सहरी विकास मन्त्री राम कुमारी झाँक्रीको सक्रियतामा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश समिति सचिव समेत रहेका सांसद लम्साले ५० करोडको सहरी विकास कार्यक्रम पाँचखाल नगरपालिकालाई उपलब्ध गराएका हुन् ।

सांसद लम्सालले निर्वाचित भएदेखि नै पाँचखाल नगरपालिकाको विकास निर्माण पहिलो प्राथमिकता राख्दै आएका थिए । सहरी विकास मन्त्री राम कुमारी झाँक्रीको लामो प्रयत्न पछि पाँचखाल नगरपालिकामा सहरी विकास मन्त्रालयका प्रतिनिधि, नगर प्रमुख, विभिन्न दलका प्रतिनिधि सहित बैठक बसेर ५० करोडको सहरी विकास आयोजना कार्यन्वयन गर्ने निर्णय गरिएको सांसद लम्सालले बताए ।

यस विकास आयोजनाले पाँचखालको विकास र सम्बृद्धिमा थप टेवा पुग्ने पाँचखालन नगरपालिकाका प्रमुख महेश खरेलले बताए । उनका अनुसार सहरी विकास कार्यक्रमको लगानी सम्बन्धि बैठक तथा सम्झौता भयो । सहरी पूर्वाधार निर्माणको लागि यो वर्ष ५० करोडको कार्यक्रम छनौटमा पाँचखाल नगरपालिकालाई छनौट गरिदिएकोमा वर्तमान सरकार तथा सम्बन्धित निकायहरुलाई पाँचखाल नगरपालिकाकोतर्फबाट उनले धन्यवाद व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस