काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैँयाले घटेको छ । अघिल्लो दिन तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको सुन बिहीबार ९९ हजार रुपैयाँमा खरिद विक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज तेजाबी सुन ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३८० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा ४० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ३७५ रुपैयाँ पुगेको थियो।























