बुधबार, बैशाख ०९, २०८३
युभेन्ट्सको जितमा आत्मघाती गोल

कोपा इटालिया फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा युभेन्ट्सले जित निकालेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई १-० गोल अन्तरले हराएको हो ।

युभेन्ट्सको जितमा आत्मघाती गोल निर्णायक गोल रह्यो । खेलको इन्जुरी समयमा फियोरेन्टिनाका लोरेन्जो भेनुटीले आत्मघाती गोल गरेका थिए । यस जितसँगै युभेन्ट्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दुई टोलीबीचको दोस्रो लेग आगामी अप्रिल २० मा हुनेछ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय