अमेरिकी बजारमा भोड्कासहितका रुसी पेय पदार्थ प्रतिबन्धित
युक्रेनमाथि गरेको आक्रमणको विरोधमा राष्ट्रयव्यापी आन्दोलनमा सामेल हुँदै अलाबामाले रुसको सबैभन्द प्रसिद्ध उत्पादन मध्ये एकलाई लक्षित गरी प्रतिकात्मक कारवाही गर्दा कुल रक्सी रक्सीजन्य पेय पदार्थको एक सानो अनुपातलाई मात्रै असर गर्छ ।
सोमबार अलाबामा गभर्नर के आइभीको आग्रहमा अलबामा पेय नियन्त्रण बोर्डले रुसी भोड्का हटाएको हो । यस्तै मेनकी गर्भनर ज्यानेट मिल्सले राज्यको पेय पदार्थ नियामक निकायलाई रुसी पेय पदार्थलाई तत्काल हटाउन निर्देशन दिइन् । उनले रेस्टुरेन्टहरुको सूचिबाट रुसी पेयलाई हटाउन भनिन् ।
ओहायोका गभर्नर माइक डविनले शनिबार र आयोवाका गभर्नर किम रेनोल्ड्सले सोमबार रुसमा उत्पादित रक्सीको खरिद रोक्न आदेश दिए । अमेरिकाको डिस्टिल्ड स्पिरिट्स काउन्सिल(डिस्कस) का अनुसार भोड्का अमेरिकामा सबैभन्दा धेरै बिक्री हुने पेय हो। तर युक्रेनमा रुसले गरेको आक्रमणसँगै अमेरिकामा रुसी पेयको बजार साँघुरिएको छ ।