बिहिबार, माघ २९, २०८२
स्वास्थ्यमा मण्डनदेउपुरको प्राथमिकता : रानीटारमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना

काभ्रे : स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिँदै आएको काभ्रेको काभ्रेको मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ९ स्थित रानीटारमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । उक्त स्वास्थ्य केन्द्रको उद्घाटन भएसँगै सञ्चालनमा आएको नगपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले जानकारी दिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख वाइवाले नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा प्राथमिकता दिँदै आएको बताए ।

उनका अनुसार यसअघि पनि नगरपालिकाको वडा नम्बर ६ डुम्रेडाँडामा आधारभुत स्वास्थ्य केन्द्र, वडा नम्बर १२ मा सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर ५ र वडा नम्बर १ मा खोप केन्द्र र वडा नम्बर २ बालुवापाटी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चलनमा ल्याएको थियो । मण्डनदेउपुर नगरपालिकामा नगर प्राथमिक अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय