बेथानचोकका किशोरीहरुलाई आत्मरक्षा सम्बन्धि तालिम

काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिकाले किशोरिहरुलाई आत्मरक्षा सम्बन्धि तालिम प्रदान गरेको छ ।  किशोरिहरुलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र प्रविधिसँग परिचित गराई आत्ममनोबल उच्च बनाउने उद्देश्यसहित तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

महिला तथा किशोरी माथी हुने घरेलु, समाजिक, विद्यालय लगायत सार्वजनिक स्थानहरुमा हुने हिंसा र दुर्व्यवहारलाई न्युनिकरण तथा प्रतिकार गर्न यस तालिमले किशोरिहरुलाई मद्दत गर्ने गाउँपालिकाकी उपाध्यक्ष सरिता लामिछानेले जानकारी दिइन् ।

उनका अनुसा यस तालिममा किशोरिहरुलाई शारिरिक हिंसाबाट आफुलाई रक्षा गर्ने उपायहरु सिकाइएको छ । यस किसिमको प्रशिक्षणबाट किशोरीहरुमा थप जागरूकता, मौखिक रक्षा, झूटा आरोप तथा आत्मसमर्पण रक्षा, शारीरिक रक्षा, र कानूनी रक्षा सम्बन्धी विषयमा प्रशिक्षित भई उच्च मनोवलका साथ अगाडि बढ्न प्रेरित हुने बताइन् ।

गाउँपालिकाका किशोरीहरुलाई फागुण १७, १८ र १९ गते गरी ३ दिने आत्मरक्षा सम्बन्धि तालिम प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस