‘रसायनिक मलमा देशलाई आत्मनिर्भर बनाउन आवश्यक’ : मन्त्री हुमागाई
काभ्रे : रसायनिक मलमा देशलाई आत्मनिर्भर बनाउन आवश्यक रहेको बागमती प्रदेशका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईले बताएका छन् ।
आज (बिहीबार) बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित रसायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धमा काठमाडौं विश्वविद्यालय, धुलिखेलसँग प्राविधिक परामर्श तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हुमागाईले रसायनिक मलमा देशलाई आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका हुन् ।
नेपालमा मल कारखाना खोल्न सम्भव भएको कुरा गरेको स्मरण गर्दै आवश्यक कानुन निर्माण गरेर भएर पनि मलमा देशलाई आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए । रसायनिक मल कारखाना खाल्न प्रदेश सरकारले नेतृत्व लिने मन्त्री हुमागाईको भनाई थियो । उनका अनुसार प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे पनि मल कारखाना खोल्ने बिषयमा सकारात्मक रहेको र संघीय सरकारसंग पनि यस बारे छलफल तथा परामर्श गरिनेछ ।