सुनको मूल्य ह्वात्तै बढ्यो : कतिमा हुदैँछ कारोबार ?
शुक्रबार, फाल्गुण २०, २०७८ | ११:२९:५७
काठमाडौं : केही दिनदेखि नेपाली बजारमा सुनको मूल्य आकासिएको छ । सुनको मूल्य तोलामै करिब एक लाख पुगेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएकोमा सुनको मूल्य आज तोलामा ९ सयले बढेर ९९ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ । अघिल्लो िदिन चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।