ट्राफिक प्रहरीद्वारा एकैदिन १६ सय ४३ जना सवारी चालकमाथि कारवाही

काठमाडौं : ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ६४३ जना सवारी चालकमाथि कारवाही गरेको छ ।

बिहीबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ८३ जना, मदिरा पिएर सवारी साधन चलाउने ६६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५८ जना, र रातो बत्तीको उल्लङ्घन गर्ने ५१ जना रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ४८ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरूलाई पनि कारवाही गरिएको महाशाखाले जनाएको छ ।-न्युज कारखाना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस