सिन्धुपाल्चोकमा जेसीभी दुर्घटना हुदाँ एक जनाको मृत्यु
शुक्रबार, फाल्गुण २०, २०७८ | १५:०३:२३

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा जेसीभी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी-१२ खहरे केराबारीछापमा जेसीभी दुर्घटना हुँदा सहचालक महोत्तरी बर्दिबास– ६ का १८ वर्षीय रोहित आले मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार मगरको घटनास्थलमै मृत्यु भएको हो।
निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा बा।२ क ६६१८ नम्बरको जेसीभी माटोमा भासिन गई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । उनका अनुसार जेसीभीका चालक बाँके राप्तीसोनारी – ४ का २२ वर्षिय प्रकाश चौधरी भने सकुशल रहेका र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।