युट्युव, टिकटकमा भ्रामक सूचना फैलाउनेलाई प्रहरीले कारबाही गर्ने

काठमाडौं : युट्युव, टिकटक लगायतका सामाजिक सञ्जालमा भ्रामक सूचनाहरु फैलाउनेलाई प्रहरीले कारबाही गर्ने भएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालय साइबर व्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालले जारी गरेको सूचनामा युट्युव, टिकटकमा भ्रामक सूचनाहरु फैलाउनेलाई प्रहरीले कारबाही गर्ने क्र उल्लेख गरिएको छ । केही दिन यता विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरि युट्युब, टिकटक लागयका सामाजिक सञ्जालमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई प्रभावित पार्ने खोजिएको भन्दै त्यसो गर्नेमाथि कानुन बमोजिम कारबाही गर्ने जनाइएको छ।

भ्रामक एवं झुट्टा क्याप्सन राखि भिडियो तथा तस्वीरहरु अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्‍याउने, पीडितको गोपनीयताको हनन गर्दै निजको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने किसिमका प्रवृत्ति देखिएको प्रहरीले जनाएको छ।

त्यस्ता क्रियाकलापहरु विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही हुने भएकाले त्यस्ता गतिविधी नगर्न व्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालले एक सूचना जारी गरी अनुरोध गरेका छन्।

जबरजस्ती करणी गरेको भन्दै एक गायिकाले उजुरी दिएपछि प्रहरी हिरासतमा रहेका ‍‍पल शाह प्रकरणमा सामाजिक सञ्जालमा विभिन्न भिडियो सामाग्रीहरु आइरहेका छन्। शाहमाथि अरोप लगाएकी बालिकामाथि नै लाञ्छाना लगाउने गरि युट्युब लगायका सामाजिक सञ्जालमा भिडियोहरु आइरहँदा प्रहरीले कारबाही गर्ने चेतावनी दिएको हो।

सिफारिस

ताजा समाचार

लोकप्रिय