ललितपुर महानगरका विभिन्न स्थानलाई ‘धुम्रपान निषेधित’ क्षेत्र घोषणा

काठमाडौं : ललितपुर महानगरपालिकाले विभिन्न स्थानलाई ‘धुम्रपान ‘निषेधित’ क्षेत्रको रुपमा घोषणा गरेको छ । महानगरले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ललितपुरको पाटन दरबार स्वायर, पुल्चोक गा हिटी पार्क र जावलाखेल चोक क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो ।

‘धुम्रपान नगरौं, स्वास्थ रहौं’ भन्ने नाराका साथ महानगरले ती क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरिएको छ ।  यसअघि नै ललितपुरका केही क्षेत्रलाइ धुम्रपान निषेधित घोषणा गर्ने तयारी गरेपनि कोरोना महामारीका कारण केहि ढिलाइ हुन गएको ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले बताए ।

महानगरले निषेधित क्षेत्रमा धुम्रपान गरेमा सम्झाईबुझाई गर्ने र त्यसपटि भने कारवाही स्वरुप जरिवाना गर्ने जनाएको छ । धुम्रपान निषेधितमा निरन्तर ललितपुरका नगर प्रहरी परिचालित गरिने महानगरले जानकारी दिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय