रुसमा नयाँ कानुन प्रस्ताव : सेनाबारे ‘झूटा’ सूचना फैलाए १५ वर्ष जेल सजाय
शुक्रबार, फाल्गुण २०, २०७८ | १६:४१:४६

रूसी संसदको तल्लो सदन ‘डुमा’ले सर्वसम्मतिले सेनाका बारेमा ‘झूटा’ सूचना फैलाउनेलाई जेल सजाय हुन सक्ने कानुन पारित गरेको छ । समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार कुल ४०१ सांसदले विधेयकको पक्षमा मतदान गरेका छन् भने कुनै पनि विपक्षमा मतदान गरेका छैनन् ।
अब यो ऐन भोलि माथिल्लो सदनबाट अनुमोदनका लागि पेस गरिने बताइएको छ । तल्लो सदनले जारी गरेको विज्ञप्तिमा यो कानून लागू भएमा सेनाबारे जानाजानी गलत सूचना फैलाउनेलाई १५ वर्षसम्म कैद र जरिवाना हुने उल्लेख छ ।