ओझेलमा परेको धुलिखेलको नयाँबस्ती पार्क

काभ्रे : जिल्लाको धुलिखेल नगरपालिकालाई पार्क नै पार्कको सहर भनेर चिनिन्छ । नगरपालिकाले १२ वटै वडामा प्रत्येक वर्ष १/१ वटाका दरले पाँच वर्षमा ६० वटा पार्क निर्माण गर्ने र नगर स्तरीय पार्क निर्माणको कार्य सुरु गरेको छ।

नगरपालिकाको विभिन्न स्थानमा आर्कषक पार्क बनिरहँदा वडा नं ३ स्थित नयाँ बस्तीमा भने नयाँबस्ती पार्क तथा खेलमैदान निर्माण कार्य भने ओझेलमा परेको छ । नगरपालिकाले २०७७ फागुणमा उक्त पार्क निर्माणको थालनी गरेको थियो । निर्माण सुरु गरेको १ वर्ष बितिसक्दा पनि यसले पूर्णता पाउन सकेको छैन । नगरपालिकाले गरेको सम्झौता अनुसार उक्त पार्क २०७८ जेष्ठ ३० गते निर्माण सम्पन्न भइसक्नुपर्ने थियो ।

पार्क निर्माणका लागि नगरपालिकाले बिनियोजन गरेको बजेट रु. ३ लाख ४० हजारको  शतप्रतिशत काम सम्पन्न भइसकेको उपभोक्ता समितिले जनाएको छ । समितिका अनुसार पार्क निर्माणको कार्य भने ४० प्रतिशत मात्र सम्पन्न भएको छ । पार्क निर्माणका लागि थप बजेटको आवश्यक भएको छ । नगरपालिकाले बजेट उपलब्ध गराउन नसक्दा पार्क निर्माण कार्य ओझेलमा परेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस