अवरुद्ध भएको १ घण्टापछि बनेपा–पनौती सडकमा यातायात सुचारु

काभ्रे : सडक पिच नगरेको भन्दै स्थानीयले गरेको अबरुद्ध सडकमा यातायात सुचारु भएको छ । स्थानीयले सम्बन्धित निकायसँग छलफल गर्ने सहमतिमा अबरुद्ध भएको सडकमा यातायात सुचारु गराएको इलाका प्रहरी कार्यालय बनेपा काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजन कोइरालाले जानकारी दिए ।

उनका अनुसार सडक कालोपत्रेका लागि भोलि सम्बन्धित सरोकारवाला निकायसँग छलफल गरेर निष्कर्ष निकाल्ने सहमतिमा स्थानीयले सडकमा यातायात सुचारु गराएका हुन् ।

सडक पिच नगरेकाले धुलो उडेर स्थानीय जनतालाई स्वास्थ्यमा समेत असर परेको भएको भन्दै स्थानीयले बनेपा–पनौती सडक खण्ड अन्तर्गत धनेश्वर पुलदेखि खड्पुचोकसम्म सडक अवरुद्ध गरेका थिए । स्थानीयले सडक कालोपत्रेका माग गर्दै बिहान ११ बजेदेखि करिब १ घण्टा सडक अवरुद्ध गरेका थिए । सडक अवरुद्ध हुदाँ यात्रुलाई भने सास्ती भएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय