न्यायिक प्रहरी हिरासत कक्षमा रहेका थुनुवाहरुको निःशुल्क स्वास्थ्य परीक्षण
शनिबार, फाल्गुण २१, २०७८ | १८:५२:२२
काभ्रे : न्यायिक प्रहरी हिरासत कक्षमा रहेका थुनुवाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र बनेपा हेल्थ केयर प्रा.लिको सहकार्यमा आज एक विशेष कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको न्यायिक प्रहरी हिरासत कक्षमा रहेका थुनुवाहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसार विभिन्न घटनामा संलग्न रही अनुसन्धानको क्रममा थुनामा रहेका १८ जना पुरुष र १ जना महिला गरी जम्मा १९ जना थुनुवाहरुको स्वास्थ्य परिक्षण गरिनुका साथै निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।