एकैदिन २ हजार रुपैँयाले बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा आज आइतबार सुनको मूल्य एकैदिन २ हजार रुपैँयाले बढेको छ । एकैदिन तोलामा २ हजार रूपैयाँले सुनको मूल्य १ लाख रूपैयाँमाथि पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुन प्रतितोला १ लाख १ हजार ४०० रूपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।

यस्तै आइतबार चाँदी पनि तोलामा ३५ रूपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो समय रूस र युक्रेनबीच चर्किएको द्धन्द्धको कारण अन्तराष्ट्रिय बजारमा सुनको भाउ महँगिदै गएको छ। यसै कारण नेपालमा पनि सुन महँगिदै गएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस