दर्शकको मन जित्दै जेनिशको नयाँ गीत ‘बाटो’ : युटुब ट्रेडिङको पाँच नम्बरमा

काठमाडौं : ‘द भ्वाइस अफ किड्स’ को विजेता बाल गायक जेनिश उप्रेतीको आवाजमा बजारमा आएको नयाँ गीत ‘बाटो’ सार्वजनिक भएको छ । उक्त गीत अहिले युटुव ट्रेडिङको पाँच नम्बरमा पर्न सफल भएको छ ।

गीत सार्वजनिक भएको केही घण्टामा नैं जेनिशको गीत युटुवको ट्रेडिङ नम्बर पाँचमा पर्न सफल भएको हो । यो समाचार तयार पार्दा सम्म जेनिशको नयाँ गीत बाटो करिब ५ लाखले हेरि सकेका छन् ।

जेनिशको गीतले लगातार हजारौं दर्शक र श्रोता पाईरहेको छ । नेपालकै चर्चित रियालिटी सो द भ्वाइस अफ किड्स सिजन वानका बिजेता जेनिश उप्रेतीको यो पहिलो अफिसियल गीत हो । पहिलो गीतमा नैं उनले लाखौं दर्शकको मन जित्न सफल भएका छन् ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत २ दिनको बिचमा नैं लाखौं दर्शकले हेरेका छन् । गीतको भिडियोमा बालगायक जेनिशकै वास्तविक कथालाई चित्रण गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस