बुधबार, बैशाख ०९, २०८३
ओखलढुंगामा जीप दुर्घटना : एक महिलाको मृत्यु , ७ जना घाइते

ओखलढुंगा : ओखलढुंगामा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

आइतबार सिद्धिचरण नगरपालिका–५ सिस्नेखोलामा जीप दुर्घटना हुँदा ओखलढुंगाको चिसङखुगढी गाउँपालिका–३ की ३८ वर्षीया कुमारी श्रेष्ठको मृत्यु भएको हो । माम्खाबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश १–०२ ०–०१ ज ३८७५ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सामुदायिक अस्पताल ओखलढुंगामा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । घाइतेमध्ये चालक र अर्का एक जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेको सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय