मंगलबार, फाल्गुण २६, २०८२
धुलिखेलका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

काभ्रे :  जिल्लाको धुलिखेल नगरपालिकाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।

धुलिखेल नगरपालिकाको वडा नं ६ मा रहेको जेष्ठ नागरिक सेवा केन्द्र धुलिखेलका जेष्ठ नागरिकलाई आज न्यानो कपडा वितरण गरिएको हो । काभ्रेकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले केन्द्रका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेकी हुन् ।

Tzu Foundation र धुलिखेल उद्योग वाणिज्य संघको सहकार्यमा केन्द्रका १ सय जना जेष्ठ नागरिकलाई न्यानो कपडा (ब्लाङकेट) वितरण गरिएको धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोजुले जानकारी दिए ।

त्यस्तै उक्त कार्यक्रमको अवसरमा सेन्चुरी बैंक धुलिखेल शाखाले जेष्ठ नागरिक सेवा केन्द्रलाई फर्निचरका सामग्री उपलब्ध गराएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय