
काभ्रे : बैंकिङ कसुर मुद्दामा फरार रहेका काभ्रेको पाँचखाल नगरपालिका वडा नं ९ घर भएका श्याम सुन्दर घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको बौद्ध बस्दै आएका घिमिरेलाई अपराध महाशाखाको टोलीले आज पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दामा २०७८ मंसिर २८ गते र २०७८ माघ २७ गतेको उच्च अदालत पाटनको फैसलाले घिमिरेलाई २६ लाख रुपैँया जरिवाना र ८ दिनको कैद सजाय सुनाएको थियो । अदालतको फैसलापछि फरार रहेका उनलाई प्रहरीले आज काठमाडौँको जोरपाटीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।