तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

पर्वत :  कुश्मा नगरपालिका-७ दुर्लुङचोक बस्ने मना श्रीसको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ छमर्के बस्ने ४५ वर्षीय गंगा बहादुर मगर लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मना श्रीसको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४८ हजार १ सय ७० रुपैयाँ र २ सय ८ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय