बुधबार, बैशाख ०९, २०८३
सवारी ज्यान मुद्दामा फरार रहेका रोशीका एक पुरुष ९ वर्षपछि पक्राउ

काभ्रे : सवारी ज्यान मुद्दामा फरार रहेका काभ्रेका एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका वडा नं ७ का मन्दिरमान भन्ने मानवीर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सवारी ज्यान मुद्दामा जिल्ला अदालत काभ्रेपलाञ्चोकले तामाङलाई २०६९ कात्तिक १७ गते सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका तामाङलाई ९ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार तामाङलाई फागुण २३ गते रोशी गाउँपालिका वडा नं ७ बाट पक्राउ गरिएको हो । पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिएको प्रहरीले जनाएको छ ।

 

 

सिफारिस

ताजा समाचार

लोकप्रिय