नारी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेमा नि:शुल्क स्वास्थ्य शिविर
काभ्रे : नारी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेले स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
११२ औ अन्तर्राष्ट्रिय नारी/महिला दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र बनेपा हेल्थ केयरको सहकार्यमा आज कार्यालय तथा मातहतमा समेत कार्यरत प्रहरी कर्मचारीहरु लक्षित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको हो ।
उक्त स्वास्थ्य शिभिरमा प्रमुख जिल्ला अधिकारी हुमकाला पाण्डे र जिल्ला प्रहरीकार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी ज्यू लगाएत यस कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत कुल जम्मा ८२ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थिए ।
स्वास्थ्य सिभिर कार्यक्रममा विशेषत महिला प्रहरी कर्मचारी केन्द्रित प्रसुती तथा स्त्री रोग सम्बन्धी परामर्श विशेषज्ञ डा. चुनुमिला महर्जनले प्रदान गरेकी थिइन् भने ब्लड प्रेसर, सुगर लेबल, ब्लड ग्रुप निश्चय लगायत अन्य मेडिकल परामर्श डा.राजेन्द्र गौतम ज्यूको टिमले प्रदान गरेको थियो ।
प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालयको परिसरमै स्वास्थ्य सिभिर आयोजना गरी निःशुल्क परामर्श र औषधी वितरण गरी प्रहरी जनशक्तिलाई सेवा प्रदान गरेको बनेपा हेल्थ केयरलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले कृतज्ञता व्यक्त गरेको छ ।