युक्रेनको सुमी सहरमा भएको बम विस्फोटमा ९ जनाको मृत्यु

युक्रेनको कीभबाट करिब ३५० किलोमिटर पूर्वमा रहेको सुमी सहरमा भएको हवाई हमलामा दुई बालबालिकासहित कम्तीमा ९ जनाको मृत्यु भएको उद्धार सेवाले मंगलबार जनाएको छ ।

सोमबार राति ‘शत्रु विमानहरूले कपटी ढंगले अपार्टमेन्ट भवनहरूमा आक्रमण गरेको’, उद्धार सेवाहरूले राति ११ बजे घटनास्थलमा आइपुगेपछि टेलिग्राममा उल्लेख गरेका छन्। रुसी सिमाना नजिकै रहेको सुमी शहर केही दिनदेखि चर्को लडाइको चपेटमा परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस