‘अरु कुरामै सिमित राख्छन् , हामी काम गरेर देखाउछौँ,’ : सांसद लम्साल
काभ्रे : बागमती प्रदेशका सांसद लक्ष्मण लम्सालले अरुले कुरामै सिमित राख्दा आफूले काम गरेर देखाउने बताएका छन् । धुलिखेल नगरपालिका वडा नं ५ स्थ्ति श्रीखण्डपुरमा ढल तथा सडक निर्माण शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लम्सालले ठूला गफ गर्न भन्दा पनि आफू काम गर्न आएको बताएका हुन् । एस.ओ.एस विद्यालयदेखि गान्धिव चोकको वैकल्पिक सडक तथा ढल निर्माण कार्यको आजबाट सुरुवात भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लम्सालले भने, ‘नागरिकको समस्यालाई पहिलो प्राथमिकतामा राखेका छौँ । नागरिकको समस्यालाई सम्बोधन गर्दैै यहाँ ढल तथा सडक निर्माणको कार्यको सुरुवात भएको छ ।’ आफूले गरेकारे प्रतिबद्धता अनुसार कामको सुवात भएको सांसद लम्सालले बताए ।
काम गर्नेहरुलाई पहिचान गर्न आग्रह गर्दै उनले भने, ‘ तपाईहरुले पहिचान गर्नुप¥यो, यहाँ कुरा कसले गरेको छ र काम कसले गरेको छ ? फेसबुकमा १० लाइन लेखेर र फोटो राखेर काम त हुदैँन । मुख्य कुरा काम गरेर देखाउनुपर्छ ।’
सांसद लम्सालको पहलमा बागमती प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगत यस कार्यलाई १० लाख बजेट विनियोजन भएको छ । नगरपालिकाका वडा नं ५ मा विकासका अरु कामका लागि पनि बजेट विनियोजनका लागि पहल भइरहेको उनले बताए । सडक तथा ढल निर्माण कार्यलाई दीर्घकालिन ढंगबाट निर्माण गर्न उपभोक्ता समितिलाई उनले आग्रह गरे ।
उक्त कार्यको पहलको लागि सांसद लम्साललाई धुलिखेल नगरपालिका वडा नं ५ का वडा अध्यक्ष गंगा सागर रन्जितकार, नेकपा समाजवादी पार्टी धुलिखेल नगरपालिकाको नगर अध्यक्ष दया सागर योगल, सचिव यादब कोइराला, युवा सघका केन्द्रिय सदस्य भेषराज शाह लगायतले धन्यवाद व्यक्त गरे ।