मंगलबार, माघ २७, २०८२
नारी दिवसको अवसरमा पाँचखालमा गीत प्रतियोगिता : दुग्धेश्वर महिला समूह प्रथम

काभ्रे : ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबार पाँचखाल नगरपालिकाले गीत प्रतियोगिता आायोजना गरेको थियो । पाँचखाल नगरपालिका परिसरमा आयोजना गरिएको गीत प्रतियोगितामा दुग्धेश्वर महिला समूह प्रथम भएको छ ।

त्यस्तै पलाञ्चोक भगवती महिला समूह दोश्रो र राधाकृष्ण महिला समूह तेश्रो भएका छन् । प्रतियोगितका विजेता दुग्धेश्वर महिला समूहलाई ५ हजार नगद र प्रमाणपत्र, दोश्रो भएको भगवती महिला समूहलाई नगद ४ हजार सहित प्रमाणपत्र तथा तेश्रो हुने राधाकृष्ण महिला समूहलाई ३ हजार नगद सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

विजयी टिमहरुलाई पाँचखाल नगर उपप्रमुख लक्ष्मी दनुवारले पुरस्कार हस्तान्तरण गरिन् । प्रतियोगितामा नगरभित्रका ७ टिम सहभागि भएका थिए । पाँचखाल शिक्षा शाखा प्रमुख दीनानाथ पन्थी, कलाकार अरुण नेपाल, गोविन्द दुलाल, शिक्षासेवी सरस्वती चिमौरियाले उक्त प्रतियोगितको निर्णयकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पाँचखाल नगर उपप्रमुख लक्ष्मी दनुवारले महिला हिंसा न्यूनिकरण गर्न सबैको सहयोग आवश्यक भएको बताईन । उनले आफु पाँचखाल नगरपालिकाको न्यायिक समितिको संयोजक भएकोले त्यस्ता हिंसामा परेका महिलाहरुलाई आफुलाई परेको समस्या तथा हिंसामा नै परेको भएपनि उजुरी गर्न आग्रह गरिन।

त्यस्तै पाँचखाल नगरका प्रमुख खरेलले नारी र पुरुष दुबैलाई समान व्यवहार गर्नुपर्ने बताए । नारी दिवसमा एक दिन नारीको सम्मान गर्ने भन्दा पनि हरेक दिन सम्मान र समान व्यवहार गर्नुपर्नेमा नगरप्रमुख खरेलले जोड दिए ।

कार्यक्रममा पाँचखाल नगरका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष संजय तामा, वडा नं ३ का अध्यक्ष सुन्दर अधिकारी, वडा नं ४ का अध्यक्ष सुन्दर लामा, वडा नं ५ का अध्यक्ष बालकृष्ण सापकोटा, पाँचखाल नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख पुण्यश्वरी श्रेष्ठ, पाँचखाल नगरपालिकाका सूचना अधिकारी सुविता ढुंगाना लगायतले महिला अधिकारको विषयमा आफ्नो विचार राखेका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय