भुम्लु गाउँपालिकाका जेष्ठ नागरिकलाई सम्मान

काभ्रे : जिल्लाको भुम्लु गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । जेष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत गाउँपालिकाका १० वटै वडाका जेष्ठ नागकिरलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

जेष्ठ नागरिकलाई सम्मान गर्नु आफ्नो दायित्व भएकाले गाउँपालिकाका जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम गरिएको गाउँपालिकाकी उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिइन् । ‘जेष्ठ नागरिकलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो,’ उनले भनिन्, ‘उहाँहरुलाई सम्मान गर्नु राज्यको दायित्व हो । आफ्नो दायित्व पूरा गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई हरेक वर्ष सम्मान गर्दै आएको छ । गाउँपालिकाले त्यसको निरन्तरता यस वर्ष पनि दिएको छ ।’

गाउँपालिकाका १० वटै वडामा फरक फरक ढंगबाट जेष्ठ नागरिकलाई सम्मान गरिएको उनले बताइन् । उनका अनुसार जेष्ठ नागरिकको आवश्यकतालाई मध्य नजर गरेर गाउँपालिकाले प्रमाण पत्रका साथै आवश्यक समाग्री वितरण गरेको छ । हरेक वडाका जेष्ठ नागरिकलाई आवश्यक समाग्रीसँगै प्रमाण पत्र वितरण गरिएको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस