सुनको मूल्य एकैदिन ३५ सय रुपैँयाले घट्यो
बिहिबार, फाल्गुण २६, २०७८ | ११:३४:००
काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्यमा भारी घिरावट आएको छ ।
आज छापावाल सुनको मूल्य ३५ सय रुपैँयाले घटेर एक लाख दुई हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । । बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हुँदै प्रतितोला रु एक लाख पाँच हजार ५०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५ सय रुपैँया तोकिएको छ । यसको मूल्य बुधबार प्रतितोला एक लाख पाँच हजार रुपैँया रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रुपैँयाले घटेर एक हजार ४ सय ५ रुपैँया पुगेको महासङ्घले जनाएको छ ।