धुलिखेलअस्पतालमा दुई वर्षीया बालिकाको मृत्यु

काभ्रे : जिल्लाको धुलिखेल अस्पतालमा दुई वर्षीया बालिकाको मृत्यु भएको छ । बनेपा नगरपालिका वडा नं ८ की २ वर्षीया बालिकाको  उपचारको क्रममा धुलिखेल अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मृतकका आफन्तले भने अस्पतालको लापरवाहीका कारण बालिकाको मृत्यु भएको आरोप लगाएका छन् । बालिकाको मृत्यु पश्चात मृतकका आफन्त आन्दोलित भएका छन् । अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यस घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस