नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको बृद्धि
काठमाडौं : नेपालमा मोबाइल बैंकिङ लिनेको संख्या बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार करिब एक करोड ६५ लाख पुगेको छ । माघसम्म एक करोड ६४ लाख ७६ हजार ७ सय जनाले मोबाइल बैंकिङ लिएका छन् । एकै व्यक्तिका नाममा धेरैवटा बैंक अकाउन्ट हुन सक्ने भएकाले धेरै देखिएको हो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकमा एक करोड ४५ लाख ६१ हजार ६ सय ७१ जनाले मोबाइल बैंकिङ लिएका छन् । विकाश बैंकमा मोबाइल बैंकिङ लिनेको संख्या १८ लाख ३४ हजार एक सय ७५ रहेको छ । सी श्रेणीका वित्तिय संस्थाका मोबाइल बैंकिङ प्रयोगकर्ता ८० हजार ५ सय ५३ छन् ।
यस्तै इन्टरनेट बैंकिङ लिनेको संख्या १५ लाख ८३ हजार २ सय ५३ रहेको छ । राष्ट्र बैंकका अनुसार सबै श्रेणीका वित्तिय संस्थामा गरि डिपोजिट अकाउन्ट ४ करोड १७ लाख ४२ हजार ९ सय ७९ छ भने लोन अकाउन्टको संख्या १८ लाख ७ हजार ७ सय ५२ रहेको छ ।