काभ्रे : जिल्लामा आज २ जना संक्रमितको उपचारपछि संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार योसँगै जिल्लामा उपचारपछि संक्रमणमुक्त हुनेको संख्या १७ हजार ३ सय ५४ पुगेको छ ।
जिल्लामा कुल कोरोना संक्रमितको संख्या १७ हजार ५ सय ५५ रहेको छ । काभ्रेमा अहिले ४ जना महिला र २ जन पुरुष गरी ६ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको जानकारी छ । कोरोना संक्रमणका कारण काभ्रेमा अहिलेसम्म १ सय ९५ जनाको मृत्यु भइसकेको छ ।























