‘भाषण कम, काम बढी गर्नुपर्छ’ : काँग्रेस नेता सिंह

काभ्रे : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भाषण कम, काम बढी गर्नुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसको तेस्रो सभालाई सम्बोधन गर्दै भाषण कम, काम बढी गर्नुपर्छ अनिमात्रै विकासले गति लिने उनले बताए ।

भाषणले मात्रै विकास नहुने बताउँदै नेता सिंहले भने, ‘नेपाली समाजलाई भाषण र उखान, टुक्का मनपर्ने बनाइएको छ । यसले विकासका कामलाई अघि बढाउँदैन ।’ कसैलाई दोष लगाएर पन्छिने भन्दा पनि समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउनुपर्ने उनको तर्क थियो ।

“सबै क्षेत्रमा राजनीति पनि गर्नु हुँदैन, उद्योगलाई पनि प्रोत्साहन गर्दैै विकासलाई सबै दलले प्राथमिकता दिनुपर्छ,’ नेता सिंहले भने, ‘प्रजातान्त्रिक संस्कार विकसित गर्दै विकासमा काँग्रेस–कम्युनिष्ट भन्नु हुँदैन, सबै मिलेर देश बनाउने हो ।’ अधिकार प्राप्तका सवालमा सबै मिलेजस्तै विकासे अभियानमा प्रस्पिर्धा गर्न उनले सुझाव दिए ।

शैक्षिक संस्थाले शैक्षिक नीति र समयानुकूल पाठ्यक्रम विकासमा योगदान पु¥याउनुपर्ने उहाँको तर्क थियो ।शिक्षा क्षेत्र पार्टी विशेष नहुने बताउँदै नेता सिंहले भने, ‘नेपालमा उत्पादित दक्ष जनशक्ति स्वदेशमै परिचालन गर्नुपर्छ । जमाना प्रविधिको छ, प्रविधियुक्त जनशक्तिले स्वदेशमै उत्पादनमा जोड दिनुपर्छ ।”

सो अवसरमा नेता सिंहले क्याम्पसमा स्थापना गरिएको विज्ञान प्रयोगशालको उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदशेका महामन्त्री कञ्चनचन्द्र वादे श्रेष्ठले शैक्षिक क्षेत्रमा आमूल परिवर्तन भइरहेको बताउँदै राजनीतिमा युवाको आकर्षणले समाज परिवर्तनमा ठूलो योगदान पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस